Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

असुर हुँ (कविता)

 

हुँ म खराबको बन्डल
खराबी नै खराबी छ म मा
कुनै राम्रा कुराले असर गर्दैन मलाई
हुँ म धेरै खराब,
असुर हुँ म ।।

मान गरुन् त्यस्तो गुण छैन म मा
कसैको राम्रो गर्न सकूँ,
सबै अवगुण छ म मा
सबै दानवहरूमा महिषासुर हुँ म
निर्दयी क्रूर असुर हुँ म ।।

सबै वेदहरू थर थर काँप्न थाल्छन्
डरको भयानक रूप हुँ म,
छैन राम्रो नराम्रो भेद म मा
अज्ञानताको स्वरूप हुँ म ।।

मान्दिन म ईश्वरको स्वरूपलाई
देवी भवानीको स्वरूप हुँ म
काली जस्तै दुस्मन र पापीको
नासी हुँ म,
आफ्नै शक्तिको नाश मा चुर चुर छु म
असुर हुँ म ।।

लेखक सन्ध्या खनाल

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com