प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
भदौ, ६ काठमाण्डौ । प्रधानमन्त्री नियुक्त भएपछि केपी शर्मा ओलीले आज पहिलो पटक सांसदहरूका प्रश्नको जवाफ दिँदै हुनुहन्छ । उहाँले आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सांसदहरूले लिखित रूपमा सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले बताएको छ ।
असारको तेस्रो हप्ता कांग्रेसको समर्थनमा प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले सरकारको काम, कारबाही र अन्य विषयमा केन्द्रित भएर आज सम्बोधन गर्न लाग्नुभएको छ ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री भएपछि संसदमा सांसदहरूका प्रश्नको जवाफ दिने परम्परा शुरू भएको थियो ।