Yeti Khabar

२०८१ आश्विन ४, शुक्रबार - Fri Sep, 2024 -

भारतकाे बिहारमा नेपाली तीर्थयात्री चढेकाे बस दुर्घटना

काठमाण्डाै – भारतको बिहार राज्यको समस्तीपुरमा नेपाली तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।

बारा जिल्लाबाट बोलबम तीर्थयात्री बोकेर देवघरतर्फ जाँदै गरेको ना ७ ख ६४४६ नम्बरको बस आज बिहान समस्तीपुरको एनएच–२८ राजमार्गमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । तीर्थयात्री बोकेको बसलाई ट्रकले ठक्कर दिँदा सडकमा पल्टिएको थियो । बसमा ४३ जना यात्रु रहेका खबरमा उल्लेख छ । घाइतेहरूलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com