Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

जर्मनीले मङ्कीपक्स प्रभावित अफ्रिकी देशमा खोप सहयोग गर्ने

जर्मनीले मङ्कीपक्सबाट पीडित अफ्रिकाका देशहरूलाई एक लाख एमपोक्स खोप दिने भएको छ । सैन्य स्टकहरूबाट खोप आउने र छिटै मङ्कीपक्सबाट प्रभावित अफ्रिकाका देशहरुलाई उपलब्ध गराइने जर्मनी सरकारले जनाएको छ ।

अफ्रिकी महादेशमा मङ्कीपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्ने उद्देश्यले जर्मनीले खोप अनुदान दिन लागेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

जर्मनीले विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) लाई वित्तीय सहयोग प्रदान गर्नुका साथै गाभी भ्याक्सिन अलायन्समार्फत अफ्रिकामा साझेदारहरूलाई सहयोग गरिरहेको सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले बताउनुभएको छ ।

डब्ल्यूएचओले कङ्गोबाट अन्य अफ्रिकी राष्ट्रहरूमा मङ्कीपक्स सङ्क्रमण बढ्न थालेपछि  विश्वव्यापी स्वास्थ्य आपत्काल घोषणा गरेर खोपको उत्पादन र साझेदारीका लागि अन्तर्राष्ट्रियस्तरमा आह्वान गरेको थियो । यसअघि फ्रान्स, अमेरिका लगायतका केही युरोपेली राष्ट्रले खोप उपलब्ध गराउने प्रतिबद्धता गरिसकेका छन् ।

मङ्कीपक्सका कारण अहिलेसम्म कङ्गोमा पाँच सय ७० भन्दा धेरै मानिसको ज्यान गइसकेको छ । बुरुन्डी, केन्या, रुवान्डा र युगान्डामा पनि प्रकोपको रुपमा मङ्कीपक्स सङ्क्रमण फैलिरहेको छ । युरोपमा स्विडेन र दक्षिण एसियामा पाकिस्तानमा मङ्कीपक्स सङ्क्रमणका बिरामी भेटिएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com