Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

लागुऔषध बिक्री गरेको आरोपमा पूर्वसांसद ढाकाकुमार श्रेष्ठ पक्राउ

प्रहरीले लागुऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी अभिनाशदीप जिसीका अनुसार पूर्वसांसद श्रेष्ठलाई बिहीबार पक्राउ गरिएको हो। 

बिहीबार लागुऔषध ट्याबलेटसहित पक्राउ परेका पोखरा महानगरपालिका-४ का ४२ वर्षीय प्रकाश थापाको बयानका आधारमा प्रहरीले पूर्वसांसद श्रेष्ठलाई पक्राउ गरेको हो। 

९७ चक्की लागुऔषध ट्याबलेटसहित पक्राउ परेका थापासँग प्रहरीले सोधपुछ गर्दा उक्त ट्याबलेट पोखरा महानगरपालिका –९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट खरिद गरिएको बताएका थिए। उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद श्रेष्ठ हुन्। 

कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर उनलाई पक्राउ गरिएको सूचना अधिकारी जिसीले जानकारी दिए। श्रेष्ठमाथि थप अनुसन्धान अगाडि बढाइएको पनि उनले बताए। 

 विसं २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित डा. श्रेष्ठमाथि रकम लेनदेनको आरोप लागेपछि पार्टीलेा उनलाई साधारण सदस्यबाट समेत हटाएको थियो। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com