Yeti Khabar

२०८१ आश्विन ३, बिहीबार - Thu Sep, 2024 -

भारतको मणिपुरमा इन्टरनेट प्रतिबन्ध लम्बियो

भारतको मणिपुर राज्य सरकारले पाँच जिल्लामा इन्टरनेट र मोबाइल डेटा सेवाहरूको प्रतिबन्ध सेप्टेम्बर २० सम्मका लागि लम्ब्याएको छ । मणिपुरका इम्फाल पश्चिम, इम्फाल पूर्व, थौबल, विष्णुपुर र काक्चिङ जिल्लामा ‘भीस्याट र भीपीएन’ सेवासहित इन्टरनेट र मोबाइल डेटा सेवाहरूको निलम्बन थप गर्न सरकारले आदेश दिएको हो ।

यसअघि सेप्टेम्बर १० गतेदेखि शुरुमा पाँच दिनसम्म राज्यमा इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध हिजो सकिने भनिए पनि शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै सरकारले लम्ब्याउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

केही समयदेखि मणिपुरमा चलिरहेको जातीय द्वन्द्वका कारण हिंसात्मक प्रदर्शन हुन थालेपछि त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको छ । जातीय हिंसाका विरुद्धमा राजधानी नयाँ दिल्लीसहित भारतका विभिन्न राज्यमा विरोध प्रदर्शन भइरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com