Yeti Khabar

२०८१ पुष ७, आईतवार - Sun Dec, 2024 -

न्युजिल्याण्डमा चरा वर्ष उपाधि लजालु होइहो पेंगुइनले जित्यो

न्युजिल्याण्डमा भएको चरासम्बन्धी प्रतिस्पर्धात्मक प्रतियोगितामा लजालु पहेँलो आँखा भएको पेंगुइन होइहोले वर्षको चरा उपाधि जितेको छ । न्युजल्याण्डमा यो प्रतियोगिता सबैभन्दा प्रतिस्पर्धात्मक प्रतियोगिताहरूमध्येको एक मानिन्छ । चराका लागि भएको प्रतियोगितामा  ५० हजारभन्दा धेरै मानिस सहभागी भएर मतदान गरेका बीबीसीले जनाएको छ ।

विश्वको दुर्लभ पेंगुइन प्रजातिहरूमध्ये एक मानिने होइहो न्युजिल्याण्डमा मात्र पाइन्छ । प्रतियोगिता सञ्चालन गर्ने सङ्गठन ‘फरेस्ट एन्ड बर्ड’ का अनुसार, होइहोले ६ हजार ३ सय २८ भोटसहित उपाधि जितेको हो । होइहोले करुरे चाथम टापुमा रहेका  ब्लयाक रोविन नामको चरालाई ५ हजार भन्दा बढी भोटलेपछि परेको छ । होइहोको कडा र चर्को आवाज भए पनि यो अत्यन्तै लजालु प्रजाति हो ।

सङ्गठनले दुर्लभ र लोप हुने अवस्थामा रहेका चरा संरक्षणका लागि यो प्रतियोगिताले मदत गर्ने बताएको छ । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको अनुसार होइहो प्रजातिको सङ्ख्या घटिरहेको र सङ्कटग्रस्त अवस्थामा रहेको छ ।

गएको वर्ष न्युजिल्याण्डको दक्षिणी तालहरूमा देखिने सबैभन्दा राम्रो पौडिनसक्ने मानिएको पुटेकेटेके नामको चराले उपाधि जितेको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com