कारागारको शौचालयमा लडेर एक जना बन्दीको मृत्यु
१ असोज, काठमाडौं । कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ । हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका-४ का २३ वर्षीय दिपक बिकको हिजो मृत्यु भएको प्रहरीले बताएको छ ।
दिउँसो ३ बजेको समयमा बिक शौचालयमा लडेको अवस्थामा भेटिएका थिए । उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएकोमा त्यहीँ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कबिन्द्रसिंह बोहोराले बताए ।