Yeti Khabar

२०८१ कार्तिक ९, शुक्रबार - Fri Oct, 2024 -

लेबनानमा इजरायली आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुग्यो

लेबनानमा इजरायलले गरेको पछिल्लो आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९२ पुगेको छ । हिजो बिहानदेखिको इजरायली आक्रमणबाट १ हजार ६ सय ४५ जना घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेमा ३५ जना बालबालिका र ५८ जना महिला रहेका अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

मन्त्रालयका अनुसार इजरायलले हिजबुल्लाहविरुद्ध सबैभन्दा ठूलो हवाई आक्रमण गरेको हो जुन सन् १९७५ देखि १९९० सम्म चलेको गृहयुद्धपछि हिंसाको सबैभन्दा घातक दिन हो । तीव्र आक्रमण हुन थालेपछि दशौँ हजार नागरिक दक्षिणी लेबनानबाट भागेका छन् ।

इजरायलले हिजबुल्लाहमाथि लगातार  मिसाइल र  रकेट प्रहार गरिरहेको  दाबी गरेको छ । हिजबुल्लाहल पनि इजरायलमा रकेट प्रहार गरेको बताएको छ  । लेवनानका प्रधानमन्त्री नजिब मिकातीले सरकारले हिंसा र युद्ध रोक्न प्रयास गरे पनि असफल भएको बताउनुभएको छ ।

उहाँले आक्रमणका कारण कूटनीतिक, मानवीय, स्वास्थ्य, सुरक्षा र नागरिकको जीविकोपार्जनको सन्दर्भमा कमजोर बेरुतको बन्दरगाह,दक्षिण लेवनान र बेका भ्यालीबाट नागरिकहरु विस्तापित भइरहेका बताउनुभयो । बढ्दो हिंसाप्रति संयुक्त राष्ट्र सङ्घ र मध्यपूर्वी देशहरु चिन्तित  भएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com