थप १८ जनामा कोरोना भाइरस पुष्टि
१० वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरस कोभिड संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६९१ जनाको पीसीआर परीक्षणमा १८ जनामा संक्रमण पुष्टि भएको हो । १ हजार २५६ जनाको एन्टिजेन परीक्षण गरिए पनि एकजनामा पनि संक्रमण नदेखिएको मन्त्रालयले जनाएको छ ।