लामिछानेलाई अदालत उपस्थित गराइयो
कार्तिक,४ काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति एव पूर्व गृहमन्त्री रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ।
आज दिउँसो प्रहरीले रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थि गराएको हो। सहकारी ठगी प्रकरणमा लामिछानेलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको थियो। हिजो राती पोखरा पुर्याएका लामिछानेलाई प्रहरीले आज अदालत उपस्थित गराएको हो।