आज पनि रास्वपाले पोखरामा प्रदर्शन गर्दै
कार्तिक, ५ काठमाडौं । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्दैछ। रास्वपाले पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको छ।
सरकारले प्रशिशोध साँधेको भन्दै राजनीतिक प्रतिशोधका विरुद्ध आन्दोलन जारी राख्ने रास्वपाले बताएको छ। विरोध कार्यक्रममा सहभागी हुन रास्वपाले नेता कार्यकर्तालाई आह्वान गरेको छ ।शनिबारदेखि आन्दोलनमा उत्रिएको रास्वपाले दिनहुँ विरोध गर्दै आएको छ।
जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेपनि रास्वपाका कार्यकताले निषेधाज्ञा तोडेर हिजो शहीदचोकमा प्रदर्शन गरेका थिए।