Yeti Khabar

२०८१ कार्तिक ९, शुक्रबार - Fri Oct, 2024 -

टर्कीको उड्डयन कम्पनीमा आक्रमण हुँदा पाँच जनाको ज्यान गयो

टर्कीको एउटा उड्डयन कम्पनिमा आक्रमण हुँदा ५ जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन् । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा आक्रमण भएको बीबीसीले जनाएको छ ।

आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको घटनापछि सार्वजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिने खबरमा उल्लेख छ । उनीहरु त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालका थिए ।

यो घटनामा एक जना आक्रमणकारीले आत्मघाती बम विष्फोट गराएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार त्यस कम्पनीमा झण्डै  १५ हजार मानिस काम गर्छन् ।

टर्कीमा यसअघि पनि यस्ता आक्रमण भएका छन् । उनीहरुको पछाडि चरमपन्थी सङ्गठन कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके)को नाम आएको छ । तर गएरातिको आक्रमणको भने अहिलेसम्म कसैले जिम्मा लिएका छैनन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com