भोलिदेखि रास्वपाले काठमाडौँमा प्रदर्शन गर्ने
कार्तिक, ८ काठमाडौँ । पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि पोखरा केन्द्रित आन्दोलन गर्दै आएको रास्वपाले भोली देखिकाठमाडौँमा आन्दोलन गर्ने भएको छ ।
पार्टी सभापति लामिछानेमाथि अनुसन्धान प्रक्रिया चलिरहँदा गत ६ दिनदेखि रास्वपाले पोखरा केन्द्रित विरोध प्रदर्शनका कार्यक्रम गर्दै आएकोमा भोली देखि भने काठमाडौँमा प्रदर्शन गरिने प्रदेश सभापति राजन गौतमले बताए ।
गौतमले आज पत्रकार सम्मेलनमा भने, ‘हामी आन्दोलनलाई अब काठमाडौँ केन्द्रित गर्छौँ । पोखराको आन्दोलन अन्तिम हो ।’पोखरामा रास्वपाले प्रदर्शन गरेपनि जनस्तरबाट समर्थन नदेखिएको टिप्पणी हुँदै आएको थियो ।