Yeti Khabar

२०८१ कार्तिक ९, शुक्रबार - Fri Oct, 2024 -

हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरे

हङकङको चिडियाखानामा पछिल्लो १० दिनमा १२ वटा बाँदर मरेका छन् । यीमध्ये ११ वटा बाँदर ब्याक्टेरियाको सङ्क्रमणबाट मरेको पुष्टि भएकामा एउटाको परीक्षण हुन बाँकी रहेको बीबीसीले जनाएको छ । द डि ब्राजा चिडियाखानामा शुरूमा १३ अक्टोबरमा ८ वटा बाँदर एकैपल्ट मरेपछि सबैलाई अलग्गै राख्न थालिएको थियो ।

मरेको बाँदरहरूको परीक्षण गर्दा चिडियाखाना नजिकैको दूषित माटोबाट ब्याक्टेरिया निस्केर सङ्क्रमण फैलिएको पाइएको छ । दूषित माटो, हावा वा पानीको सम्पर्कबाट सर्ने सङ्क्रमण रोग मेलियोइडोसिसका कारण बाँदरहरू मरेका अधिकारीहरूले बताएका छन् ।

हङकङको सिटी युनिभर्सिटीका भेटेरिनरी एपिडेमियोलोजिस्ट डर्क फिफरले यो सङ्क्रमण मानिसमा सर्ने जोखिम भने धेरै कम रहेको बताउनुभएको छ । उहाँले एशियामा माटोको प्रदूषण परीक्षण निकै कम हुने गरेको भन्दै यो अतिआवश्यक रहेको बताउनुभयो ।

कैद गरेर राखेका जनावरहरूको आसपासमा भएका माटो परीक्षण नहुँदा विश्वमा नै विभिन्न सङ्क्रमणका कारण जनावर मर्ने समस्या रहिआएको छ । हङकङमा सन् १९७० को दशकको मध्यतिर डल्फिनहरू मरेको पाइएपछि परीक्षणका क्रममा मेलियोइडोसिसको पुष्टि भएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com