Yeti Khabar

२०८१ कार्तिक १०, शनिबार - Sat Oct, 2024 -

सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार रहेको विज्ञको भनाइ

पूर्वचेतावनी प्रणालीहरूका कारण विनाशकारी सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार रहेको समुद्री विज्ञान विशेषज्ञहरूले बताएका छन् । तर अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न नसकेको भन्दै उनीहरुले  सुनामी तयारीका सन्देशहरू दिएका छन् ।

एक लाख ७० हजारभन्दा धेरै मानिसको ज्यान लिएको सन् २००४ डिसेम्बरको एशियाली सुनामीको २० वर्ष पुग्नै लाग्दा संयुक्त राष्ट्रसङ्घ समर्थित विशेषज्ञहरूले सुनामी तयारीका सन्देशहरू दोहोर्‍याएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

दुई दशकअघि विपत्ति आउँदा वैज्ञानिकहरूसँग हिन्द महासागरमा सुनामी चेतावनी प्रणाली थिएन । तर अहिले विश्वव्यापी एक हजार चार सय स्टेशनले सुनामी तरङ्ग बन्ने वित्तिकै चेतावनी दिने गरेका छन् । युनेस्कोका विशेषज्ञहरुले कुनै पनि घातक प्राकृतिक विपत्तिसँग जुध्न पूर्वचेतावनी प्रणाली लगायतका प्रविधिसँगै मानिसहरुमा सूचनाको पहुँच राम्रो हुन जरुरी रहेको बताएका छन् ।

सन् २००४ मा हिन्द महासागर भूकम्प–सुनामीबाट प्रभावित देशका साथै जापान जस्ता फल्ट लाइनहरू नजिक रहेका देशहरू अझै पनि जोखिममा रहेका छन् । त्यसपछि सन् २०११ मा जापानको उत्तरपूर्वी तटमा गएको ९ म्याग्निच्युडको समुद्रमुनिको भूकम्पले सुनामी आउँदा १८ हजार पाँच सय मानिसको ज्यान गएको थियो । समुद्री विशेषज्ञहरूले सुनामीबाट हुने हरेक मृत्यु रोक्न नसकिने तर प्रभाव कम गर्न भने सकिने बताउँदै आएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com