२७ हजार नाघ्यो डेंगी संक्रमितको संख्या
कार्तिक, १२ काठमाडौं । देशभर दैनिक रुपमा डेंगी संक्रमितको संख्या बढ्दै गइरहेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार जनवरीदेखि २५ अक्टोबरसम्म २७ हजार १५३ जनामा डेंगी संक्रमण भएको छ।
डेंगीबाट संक्रमित हालसम्म सबैभन्दा धेरै कास्कीका छन्। कास्कीमा सात हजार ८० जनामा संक्रमण पुष्टि भएको ईडीसीडीको तथ्यांक छ। त्यसपछि काठमाडौंमा चार हजार ६० जनामा डेंगी संक्रमण पुष्टि भएको छ।