Yeti Khabar

२०८१ कार्तिक २९, बिहीबार - Thu Nov, 2024 -

ताजाकोट गाउँपालिकामा पहिलोपटक यात्रुवाहक बस

कार्तिक २१ गते हुम्ला पदम बहादुर बुढा । हुम्ला जिल्लाको ताजाकोट गाउँपालिकामा यात्रुहरू को लागी पहिलोपटक बस पुगेको हो । २१ गते बिहान १० बजे राधाकृष्ण यातायात प्राइभेट लिमिटेडको ना ५ ख ७३५६ नम्बरको यात्रुवाहक बस ताजाकोट गाउँपालिका वडा न २ स्थित बुढाबाडा गाउँ सम्म आएको हो ।

कार्तिक  प्रहिलो  साता कर्णाली  करीडोर अन्तर्गत हुम्ला जिल्लाको सर्केगाड सम्मका लागि करीडोर खुल्ला  गरिएको थियोे । उक्त करीडोरमा चल्ने  बस आज ताजाकोट गाउँपालीकामा प्रवेश  गरेको  हो ।  नेपालगन्जदेखी २ दिन लागाएर पुगेको बस यात्रुहरूको माग अनुसार र यात्रुहरुलाइ यात्रामा सुबिधा  दिन आएको  चाअलक झलक्मान खत्रीले  बताउनुभएको हो । 

४२ जना सिट क्षमता  भएको उक्त बसले ताजाकोटबाट २७ जना यात्रु सुर्खेत, नेपालगन्जका लागी  टिकट  काटेको पनि उहाँले बताउनु भयो । रोडको अबस्था खराब  भएपनि सानो गाडीमा सहज यात्रा हुने हुँदा  र सामानहरु धेरै  लग्न सकिने भन्दै उहाले खुसी व्यक्त  गर्नु भएको  हो । उहाका अनुसार  ताजाकोटमा यात्रुहरूको संख्या  धेरै  भयको समयमा सधै  बस संचालन हुने बताउनुभयको हो ।

ताजाकोट देखी नेपालगन्ज सम्मको सहज र ३ हजार भाडा दर हुँदा यात्रुहरुले खुशी भयको बताउनु भएको हो । बस गाउँमा पुग्दा स्थानियहरुले चालक र सहचालकलाई फुलमालाले स्वागत गरेका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com