नेपालका सबै चलचित्रकाे रेकर्ड ताेड्दै, पूर्ण बहादुरको सारङ्गी
कात्तिक २८ बुधबार, काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले ग्रसकलेक्सनमा सबै नेपाली चलचित्रको रेकर्ड ब्रेक गरेको छ । घरेलु बक्सअफिसमा इतिहास बनाउँदै यो चलचित्र सबैभन्दा धेरै कमाउने चलचित्र बनेको हो ।
“मंगलबारसम्म पूर्ण बहादुरको सारङ्गीले २५ करोड २ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ,” वितरक मनोज राठीले बाह्रखरीसँग भने, “यो अहिलेसम्मका सबै चलचित्रको रकेर्ड ब्रेक हो । १३ दिनमा यो चलचित्रले २५ करोडमाथि ग्रसकलेक्सन गरेको हो ।
यसअघि चलचित्र ‘कबड्डी’का नाममा रहेको रेकर्ड पनि यो चलचित्रले ब्रेक गरेको उनले बताए । ‘कबड्डी–४’ले नेपाली बक्सअफिसमा २३ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।
वितरक राठीका अनुसार ‘पूर्ण बहादुरको सारङ्गी’ले २५ करोड २ लाख रुपैयाँ नेपाली बजारबाट मात्रै गरेको ग्रसकलेक्सन हो । ‘पूर्ण बहादुरको सारङ्गी’ एक करोड ३० लाखमा बनेको चलचित्र हो ।
सरोज पौडेलले निर्देशन गरेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइलीलगायत कलाकारको मुख्य भूमिका छ ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् ।