राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान जारी
कार्तिक २८ बुधबार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको बयान आज पनि सकिएको छैन । लामिछानेका स्वकीय सचिव अविनाश आचार्यका अनुसार लामिछानेसँग आज बिहान सवा १० बजेदेखि बयान लिन सुरु गरिएको बताएका छन् ।
लामिछानेसँग हिजो मौखिक र आज लिखित बयान लिइएको छ, पछि फेरि भोलि लिइने भएको छ।
भोलि बयान सकेर साँझसम्म लामिछानेलाई पोखरा लैजाने तयारी प्रहरीले गरेको छ । हिजो बयान सकेर बार्दलीबाट रवि लामिछानेले खोरमा थुन्दैमा बाघ स्याल हुँदैन’ भन्ने अभिव्यक्ति दिएका थिए । आज उनलाई बोल्न नदिनका लागि प्रहरीले कार्यालय गेटदेखि बयान कक्षसम्म घेरा लगाएर भित्र छिराएको थियो ।
उनलाई बयान कक्षबाट निकाल्दै गर्दा समर्थकहरुले सरकारी वकिलको कार्यालयअघि नाराबाजी गरेका थिए ।लामिछानेलाई आज जिल्ला प्रहरी कार्यालयकै हिरासतमा राखिएको छ ।