शहिद लखन गाउँपालिकामा बुधबार बिदा
मंसिर, ४ काठमाडौं । गोरखाको शहिद लखन गाउँपालिकाले मंसिर ५ गते भोली बिदा दिने भएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत यामबहादुर वृकट्टाले आज जारी गरेको सूचनामा भोली गाउँपालिकाभरी स्थानीय बिदा दिने भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ र ३ को सीमाना क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा गठी पञ्चमी पूजा हुँदैछ। उक्त पूजालाई लक्षित गर्दै गाउँपालिकाले हरेक वर्ष गुठी पञ्चमीका दिन बिदा दिँदै आएको छ।