त्रिपुरासुन्दरी-५ मा माओवादीका नरबहादुर झाक्री विजयी
मंसिर, १७ काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ को वडाध्यक्षमा माओवादी विजयी भएको छ । उपनिर्वाचनअन्तर्गत आज सम्पन्न मतगणना अनुसार माओवादीका नरबहादुर झाक्री विजयी भएका छन् ।
विजयी भएका झाक्रीले १६१ मत पाए भने उनका प्रतिस्पर्धी एमालेका नरबहादुर रोकाले ११६ मत पाए । यस्तै तेस्रो भएका नेपाली कांग्रेसका राजेन्द्रप्रसाद न्यौपानेले २१ मत मात्रै ल्याए ।