तेस्रो दिन पनि रवि लामिछानेको बयान जारी
मंसिर, १७ काठमाडौं । काठमाडौंको सरकारी वकिल कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सुरू भएको छ। मध्याह्न १२ बजेदेखि लामिछानेको बयान सुरू भएको हो। उनलाई काठमाडौंमा ३ दिनदेखि बयान लिइँदै आएको छ।
स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनमा जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल र जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी हरि खतिवडाले उनको बयान लिइरहेका छन्। रवि लामिछानेको बयान सकेर कास्की लग्ने तयारी छ। उनीमाथि सहकारी बचत अपचलन, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर छ।