टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु
मंसिर, १७ काठमाडौं । दाङमा टिपरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मोटसाइकलको पछाडि बसेका घाइते भएका छन्। ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ कुटीचौरका १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको छ। उनको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ईश्वर थापाले जानकारि दिए ।
मोटरसाइकलको पछाडि बस्ने तुलसीपुर वडा नम्बर १७ का २२ वर्षीय दीपक बस्नेत घाइते छन्। हिजो बेलुका करिब साढे ६ बजेतिर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिपरले एकै दिशातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई उपमहानगरपालिका वडा नम्बर १० झारबैरा चोकमा ठक्कर दिएको थियो।