छविलाई पर्सा लगियाे, रविलाई लैजाने तयारी

मंसिर, २४ काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशी र रामबहादुर खनाललाई पोखराबाट पर्सा लगिएको छ ।

पर्साको सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पनि पक्राउ पूर्जी जारी भएकाले उनीहरुलाई पर्सा लगिएको हो ।
उनलाई आइतबार बेलुका पोखराबाट गाडीको बाटो हुँदै आज बिहान पर्सा पुर्याइएको प्रहरी स्रोतले बताएकाे छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बयान लिइने छ ।
रास्वपा सभापति रवि लामिछानेलाई पनि पोखराबाट पर्सा लैजाने तयारी छ । समय भने निश्चित नभइसकेको प्रहरी स्रोतले जनाएकाे छ ।