रौतहट जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु
मंसिर, २५ काठमाडौं । रौतहटमा गाडी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। आज राति १ बजेतिर चन्द्रपुर नगरपालिका-४ स्थित पूर्वपश्चिम राजमार्गको धन्सार-लमाहा खण्डमा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपककुमार रायले बताउनुभयो ।
दुर्घटनाको खबरपछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डिएसपी राजकुमार राईको कमाण्डमा प्रहरीको टोली खटिएको थियो। अनुसन्धानको क्रममा बा १६ च ३१६२ नं.को गाडी अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएको थियो।
सिराहा अर्नामा गाउँपालिका-३ बंठियाटोल बस्ने ६० वर्षीय लरुवतीदेवी महरा, ३० वर्षीय र्मिला महरा, ५० वर्षीय रामकुमारी महरा, ५५ वर्षीया महगीं देवी महरा, ६२ वर्षीय फुलमन्ति देवी चमार, ६० वर्षीय रामकुमारी देवी महरा र ३० वर्षीय सकुन्तला देवि महराको मृत्यु भएको छ ।
त्यस्तै ५० वर्षीय गाडी चालक श्रीकुमार यादवको पनि मृत्यु भएको छ। यस दुर्घटनामा परी ५जना घाइते भएका छन्। उनीहरूमध्ये १ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ। ६० वर्षीया कन्या देवि महराको थप उपचारका लागि बयोधा अस्पताल वीरगंज रिफर गरिएको छ।