काठमाडौंमा बढ्यो चिसो
मंसिर, २७ काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज पनि चिसो छ । बुधवार काठमाण्डौको न्यूनतम तापक्रम ३ दशमलव नौ डिग्री सेल्सियस रहेकोमा आज बिहानको न्यूनतम तापक्रम पनि यति नै रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।
देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली क्षेत्रको तापक्रम माइनससम्म पुगेको छ । अब चिसो बढ्दै जाने मौसमविद्ले बताएका छन् । अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको महाशाखाले बताएको छ ।