Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

आज माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

मंसिर,२८ काठमाडौं । केन्द्रीय समितिको आगामी बैठकका एजेण्डाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालयमा बस्ने छ ।

बैठकमा माओवादी घटकसँगको एकता प्रक्रिया, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)लाई पार्टीमा दिने जिम्मेवारी, विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन लगायतका विषयमा छलफल हुने एजेण्डा छ ।

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आगामी पुस २ गतेदेखि सुरु गर्ने तयारी छ । सोही बैठकका एजेण्डा तय गर्न माओवादीको स्थायी कमिटी बैठक बस्न लागेको प्रवक्ता अग्नि सापकोटाले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com