Yeti Khabar

२०८२ बैशाख ६, शनिबार - Sat Apr, 2025 -

माइक्रो बस दुर्घटना हुँदा दुई जनाको मृत्यु

पुष, १ काठमाडौं । दाङमा माइक्रो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। कपलवस्तुको चन्द्रौटाबाट बर्दिया जाँदै गरेको लु १ ज ४२९८ नम्बरको माइक्रो बिहान ६ बजे दाङको लमही नगरपालिका-९ च्याउखोलास्थित पूर्व-पश्चिम राजमार्गमा दुर्घटना भएको हो।

दुर्घटनामा कपिलवस्तुको शिवराज नगरपालिका – ३ का ४२ वर्षीया त्रिथी थारु र ६० वर्षीया फूलसी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक छविराज रोकायाले बताए ।

दुर्घटनामा १२ जना घाइते भएका छन्। उनीहरुको सबैको अवस्था मध्यम रहेको तथा दाङको लमही अस्पतालमा उपचार जारी छ। तीव्र गतिका कारण गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रोकायाले बताए।

घाइते हुनेमा कपिलवस्तु-३ की ४५ वर्षीया मिथिला थारू, ६५ वर्षीया चेहली थारू, ७७ वर्षीया महंगी थारू, ४० वर्षीया सरिता थारू, ५५ वर्षीय रामपियारी थारू, ४७ वर्षीय रामचन्द्र थारू, ४५ वर्षीय बुद्धि चौधरी, ४५ वर्षीया फुलबजनी चौधरी, ४५ वर्षीया डुड्डी थारू, ३८ वर्षीय बुद्धराम थारू र ३६ वर्षीय सुरेश यादव छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com