रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिललाई बुझायो
पुष, १ काठमाडौं । प्रहरीले रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाएको छ । प्रहरीले अनुसन्धान सकेर आज जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी बसन्त शर्माका अनुसार मुद्दामा प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलगायत पनि प्रतिवादीका रूपमा छन् । प्रहरीले प्रतिवेदनमा लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा कारबाहीका लागि माग दाबी गरेको छ । पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।