Yeti Khabar

२०८१ पुष ३, बुधबार - Wed Dec, 2024 -

क्यानडामा उपप्रधान तथा अर्थमन्त्री फ्रिल्यान्डको राजीनामा

क्यानडाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले प्रधानमन्त्री जस्टिन ट्रुडोसँगको टकरावपछि राजीनामा दिनुभएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउन सक्ने करको मुद्दामा दुई जनाबीच मतभेद थियो । यो राजीनामा प्रधानमन्त्री ट्रुडोका लागि अप्रत्याशित धक्का मानिएको बीबीसीले जनाएको छ ।

ट्रुडोले क्यानडामा अल्पमतको सरकार चलाउँदै आउनुभएको छ । फ्रिल्यान्डको ठाउँमा क्यानडाका सार्वजनिक सुरक्षामन्त्री डोमिनिक लेब्ल्याङ्कलाई अर्थमन्त्री बनाइएको छ । फ्रिल्यान्डले उपप्रधानमन्त्री पद छोडेपछि विपक्षी दलहरूले ट्रुडोको राजीनामा मागेका छन् ।

ट्रुडोका सहयोगी क्यानडाको एनडीपी पार्टीका नेता जगमीत सिंहले पनि प्रधानमन्त्रीको राजीनामा माग्नुभएको खबरमा उल्लेख छ ।

लिबरल पार्टीका नेता ट्रुडो पहिले नै सर्वेक्षणमा कन्जरभेटिभ पार्टीका नेता पियरे पोलिभ्रेभन्दा २० प्रतिशतले पछि हुनुहुन्छ । सर्वेक्षणअनुसार पहिलो पटक प्रधानमन्त्री हुँदा ६३ प्रतिशत समर्थक रहेकामा अहिले ट्रुडोको २८ प्रतिशत मात्रै समर्थक रहेका छन्  । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com