Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

सिद्धबाबा सुरुङमार्गको तीन वटै बाइपास छिचोलिए

पुस , ९ काठमाडौँ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको तीन वटै बाइपास छिचोलिएका छन् । यसअघि गएको भदौ २६ गते बाइपास सुरुङ तीनको, असोजको ४ गते बाइपास सुरुङ एकको र अस्ति सुरुङ दुईको बाइपास छिचोलिएको आयोजनाले जनाएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङमार्ग बनिरहरेको छ । सुरुङमार्गको भौतिक प्रगति ३५ दशमलव २५ प्रतिशत र वित्तीय प्रगति ३२ दशमलव २ प्रतिशत रहेको छ ।

आयोजनाका अनुसार झन्डै एक किलोमिटर मुख्य सुरुङ खनेर सकिएको छ । अब ९० मिटर खनेपछि मुख्य सुरुङ छिचोलिनेछ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कर्पोरेशनले सात अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । २०८३ सालको चैतमा सुरुङमार्गको काम सकिने आयोजनाले जनाएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com