Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

हाइटीमा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको ज्यान गयो

हाइटीको राजधानी पोर्ट ओ प्रिन्समा आयोजित एउटा पत्रकार सम्मेलनमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमध्ये दुई जना पत्रकार पनि रहेका हाइटीको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

देशकै ठूलो सरकारी अस्पताल स्टेट युनिभर्सिटी अफ हाइटी अस्पताल फेरि खोल्न लागिएको विषयमा पत्रकार सम्मेलन भइरहेको थियो । त्यो अस्पताल विद्रोही समूहले कब्जामा लिएको थियो ।

विद्रोही समूहलाई हटाएर सरकारले अस्पताल खोल्नेबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री पनि उपस्थित हुने कार्यक्रम थियो । तर स्वास्थ्यमन्त्री उपस्थित भएका थिएनन् । आक्रमणको जिम्मा विव अन्सनम समूहले लिएको बीबीसीले जनाएको छ । क्यारेबियन देश हाइटी लामो समयदेखि द्वन्द्वको चपेटामा छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com