Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

हेली एभरेस्टको हेलिकोप्टर साँगामा आकस्मिक अवतरण 

पुस, १४ काठमाडौं । लुक्लाबाट ५ जना विदेशी यात्रु राखेर काठमाडौं आउदै गरेको हेली एभरेस्टको हेलिकोप्टरमा विपरीत दिशाबाट उडिरहेको चरासँग ठोक्किएपछि भक्तपुर र काभ्रेको सिमाना पर्ने साँगामा आकस्मिक अवतरण गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार, उक्त हेलिकोप्टरमा ५ जना अमेरिकी नागरिक थिए । ११ बजे भएको घटनामा हेली एभरेस्टले यात्रुलाई त्यहीँ झारेर सडकमार्गबाट काठमाडौं ल्याएको छ । अल्फा किलो गल्फ कलसाइन भएको हेलिकोप्टरलाई प्राविधिकहरूले जाँच गरेर मात्रै काठमाडौं ल्याउने प्रवक्ता शेर्पाले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com