Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

अमेरिकाको ट्रम्प होटल अगाडि टेस्ला साइबरट्रकमा विस्फोट

अमेरिकाको लस भेगासमा रहेको ट्रम्प होटल अगाडी टेस्ला साइबरट्रकमा विस्फोट भएको छ । यो घटनामा चालकको ज्यान जानुका साथै अरु सात जना घाइते भएका छन् । होटल बाहिर इन्धन र आतिशबाजीले भरिएको रोकिराखेको ट्रकमा विस्फोट भएपछि प्रहरीले अनुसन्धान गरिरहेको बीबीसीले जनाएको छ ।

ट्रक विस्फोट हुनु भन्दा दुई घण्टाअघि मात्र लस भेगास शहरमा आइपुगेको प्रहरी अधिकारीले बताएका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ । अनुसन्धानकर्ताले यसअघि न्यू अर्लिन्समा भएको घटनासँग पछिल्लो घटनाक्रम जोडिएको छ कि छैन भनेर अनुसन्धान गरिरहेका छन् ।

न्यू अर्लिन्समा एउटा ट्रक मानिसको भिडमा घुस्दा १५ जनाको ज्यान गएसँगै ३५ जनाभन्दा धेरै घाइते भएका थिए । टेस्लाका मालिक उद्योगपति एलोन मस्कले टेस्ला साइबरट्रकमा भएको विस्फोट र न्यू अर्लिन्समा भएको घटना कुनै न कुनै रूपमा सम्बन्धित हुनसक्ने बताउनुभएको खबरमा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले भने ह्वाइट हाउसले घटनाबारे सुक्ष्म विश्लेषण गरिरहेको भन्दै दुई घटनाबीच कुनै सम्बन्ध नभएको बताउदै आउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com