Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

युरोपेली देश मोन्टेनेग्रोमा गोली चल्दा दुई बालबालिकासहित १० जनाको ज्यान गयो

युरोपेली देश मोन्टेनेग्रोको दक्षिणमा भएको गोलीकाण्डमा १० जनाको ज्यान गएको छ । प्रहरीका अनुसार ज्यान गुमाउनेमा दुई जना बालबालिका पनि रहेका छन् । गोलीबारीको घटनामा घाइते भएका चार जनाको अस्पतालमा उपचार भइरहेको छ ।

सेन्टिजेमा रहेको एउटा रेस्टुरेन्टमा अतिथिहरूसँग भनाभनपछि यो घटना भएको प्रहरी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

आक्रमणकारीले आफूलाई पनि गोली हानेको पुष्टि भएको थियो । आक्रमणकारीले आफ्नो परिवारका सदस्यलाई समेत मारेको खबरमा उल्लेख छ । झडपमा रेस्टुरेन्ट सञ्चालक र उनका दुई छोराछोरीको हत्या भएको छ ।

त्यहाँका प्रधानमन्त्री मिलोज्को स्पाजिकले गोलीबारीलाई भयानक दुर्घटना भन्दै सरकारले आजदेखि तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको जानकारी दिनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com