Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

आज सुनको भाउ २ हजार रुपैयाँले बढ्यो

पुष, १९ काठमाण्डौ । आज सुनको भाउ एकैदिन तोलामा दुई हजार रुपैयाँले बढेको छ । सुन आज तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख ५३ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बताएको छ । विहीवार सुनको भाउ तोलाको एक लाख ५१ हजार पाँच सय रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदीको भाउ एक हजार आठ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले बताएको छ । विहीवार चाँदीको भाउ एक हजार सात सय ९० रुपैयाँ रहेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com