Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै

अमेरिकाको लस एन्जलसमा जङ्गलमा लागेको डढेलो तीव्र गतिमा फैलिँदै गएको छ । २० एकड क्षेत्रफलमा डढेलोबाट शुरू भएको आगो आज बिहान केही घण्टामै १२ सय एकडमा फैलिएको छ ।

दमकल विभागका प्रमुख क्रिस्टिन क्राउलीले प्रभावित क्षेत्रबाट ३० हजार मानिसलाई बाहिर निकाल्न निर्देशन दिइएको बताउनुभएको बीबीसीले जनाएको छ ।

वनको आगलागीबाट नजिकैको बस्तीमा १३ हजार भवन जोखिममा रहेका छन् । सामाजिक सञ्जालमा आएका केही भिडियो फुटेजमा प्यासिफिक पालिसेड र त्यस नजिकका क्षेत्रहरूबाट बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ ।

मानिसहरू आफ्नो घर र गाडी छोडेर भागेका छन् । अहिले त्यहाँ सान्टा आना नामको हावा चलिरहेको छ । यो हावाको बहाव अत्यन्त तीव्र भएका कारण धुवाँको मुस्लो शहर र बस्तीमा प्रवेश गरेको छ ।

जङ्गल नजिकको बाटोमा राखिएका गाडीमा समेत आगो सल्किएको छ । लस एन्जलसका धेरै विद्यालयले आफ्ना विद्यार्थीलाई अर्को विद्यालयमा सारेका बीबीसीले जनाएको छ । डढेलो अझै फैलन सक्ने भन्दै क्यालिफोर्नियामा लाखौं मानिसलाई चेतावनी जारी गरेर सावधान रहन अनुरोध गरिएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com