Yeti Khabar

२०८१ माघ २, बुधबार - Wed Jan, 2025 -

हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने

पुस, २८ काठमाडौं । सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रका धेरै ठाउँहरुमा आज हल्का हिउँ पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी र बागमती प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पर्ने सम्भावना छ । कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई ठाउँहरुमा पनि हल्का पानी पर्ने पूर्वानुमान छ ।

बाँकी भूभागमा आंशिकदेखि साधारणसभा बादल लागी एक–दुई स्थानमा मात्र छिटपुट वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

मौसमविद निर्मला रेग्मीका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले हिउँ र पानी पर्ने भएको हो । यो प्रणालीको प्रभावले शनिबार रातिदेखि पश्चिम तिरबाट बादल लाग्न सुरु गरेको थियो ।

राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका हिमाली क्षेत्रका केही ठाउँहरुमा हल्का हिउँ समेत परेको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र तराई भूभागका थोरै ठाउँहरुमा हल्का पानी पनि परेको छ ।

सोमबार दिउँसोसम्म पनि देशका पूर्वी र मध्य पहाडी भूभागमा बादल लागेर छिटपुट हिउँ र पानी पर्ने सम्भावना रहेको मौसमविद रेग्मीले बताइन् । उनका अनुसार सोमबार रातिबाट भने क्रमिक रुपमा मौसममा सुधार आउने सम्भावना छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com