समलिङ्गि विवाहले देश र समाजलाइ विगठन गर्ने चिन्ता बढेकाे संसदहरूकाे भनाइ

पुस, २९ काठमाडाैं । जनसरोकार राष्ट्रिय अभियानको आयोजनामा आज काठमाडौँमा संघीय संसद का सदस्यहरूसँग भेटघाट कार्यक्रम भएको छ । प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका एक दर्जन सांसदहरू कार्यक्रममा सहभागी भएका थिए।
सामाजिक तथा पारिवारिक मूल्य मान्यता र समलिङ्गी विवाह विषय भेटघाट कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले अनैतिक तथा अधार्मिक विषय समलिङ्गी सम्बन्ध र विवाह नेपाली समाजले नस्वीकार्ने बताएका छन् । मानव सभ्यताको विकास र जनसङ्ख्या वृद्धिसँग सम्बन्धित विषय भएकोले समलिङ्गी विवाहलाई कुनै पनि हालतमा कानुनी मान्यता नदिने सहभागी सांसदहरूले प्रतिबद्धता जनाएका छन् ।

नेपाली समाजका आफ्ना सामाजिक तथा पारिवारिक मूल्य मान्यता रहेको बताउँदै उनीहरुले तेर्सोलिङ्गीलाई गोलमोटलमा राखेर समलिङ्गीहरूले मुद्दाहरू जबरजस्त अगाडि बढाएकोमा चिन्ता व्यक्त गरे। नेपालमा पुरुष–पुरुष र महिला महिलाबीच विवाह गर्ने कानुनी मान्यता पाएको भन्दै केही मिडियाहरुले भ्रम सिर्जना गरेको उक्त कार्यक्रममा वक्ताहरुले बोलेका थिए ।

समलिङ्गि विवहाकाे कानुनी व्यवस्था नहुदा नहुदैं पनि एकजना न्यायाधीशले दिएको अन्तरिम आदेश का आधारमा पुरुष पुरुष र महिला महिलाबीच भइरहेको विवाह लाई नेपाली समाजले अस्वीकार गर्ने बताए । तेस्रोलिङ्गी जन्मजात प्राकृतिक रूपमा जन्मेका छन् तिनीहरूको हकमा भने सम्मानपूर्वक बाँच्न पाउने अधिकारको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिए ।
उक्त भेटघाट कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्य समेत रहेका नेपाल बौद्धिक मञ्चका अध्यक्ष डा. केबी रोकायाले विश्वमा समलिङ्गी सम्बन्ध र विवाहका सम्बन्धमा भइरहेका विगतदेखि अहिलेसम्मका घटनाक्रमलाई प्रस्ट्याएका थिए । कार्यक्रम मा डाक्टर रोकायाले अमेरिका, युरोप, रूस, भारत र नेपाल लगायतका थुप्रै देशहरूमा समलिङ्गी विवाह कसरी भइरहेका छन् ? भन्ने बारेमा सम्पूर्ण घटनाक्रमहरू सहभागी सामु प्रष्ट पारेका थिए।

डाक्टर रोकायाले आफूले लामो समयदेखि समलिङ्गी विवाह र सम्बन्धका बारेमा विभिन्न राजनीतिक दल र तिनका नेताहरूसँग भेटघाट निरन्तर छलफल चलाएको बताउँदै समलिङ्गी विवाह नेपालमा कानुनै बनाएर लाग्न संयुक्त राष्ट्रसङ्घ, विश्व बैंक, युरोपियन युनियन र समग्रमा पश्चिमाहरूले लगानी गरिरहेकाे खुलासा गरे । सम्पूर्ण नेपालीहरू, राजनीतिक दल र सांसदहरूले गम्बिरता पूर्वक लिन अपिल गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा प्रतिनिधि सभाका सदस्य महेन्द्रबहादुर शाहीले संसारमा मानिसहरूले आफूले मर्न पाउनुपर्छ भनेर समेत भन्ने गरेको बताए । मर्ने नाममा चोकचोक र सार्वजनिक स्थलमा भन्दा पनि निश्चित ठाउँहरू तोक्ने स्थिति विश्वमा रहेको प्रसङ्ग उठाउँदै उनले नेपालमा समलिङ्गी सम्बन्ध र विवाह सम्भव नभएको र यसले कानुनी मान्यता नपाउनेमा जोड दिए । अधिकारका नाममा जे पनि गर्न नमिल्ने भन्दै उनले नेपालमा सामाजिक मूल्य मान्यता र पारिवारिक मूल्य मान्यता का विरुद्ध कोही पनि जान नसक्ने स्पष्ट पारे। आफूले यो विषयमा त्यति विस्तृत रूपमा अध्ययन नगरेको भन्दै यदि यो विषय कसैले जबरजस्त लाद्न खोजे त्यसका विरुद्ध प्रतिवाद गर्ने बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सचिव तथा प्रतिनिधिसभाका सांसद शेरबहादुर कुँवरले आफू सदस्य रहेको संसदको समितिमा समलिङ्गी जोडीहरू पुग्दा त्यसबेला नै आफूले समितिका सभापति, संग छलफल भएकाे बताए । नेपाली समाजमा समलिङ्गी विवाह गर्ने कुरा स्वीकार्य नभएको भन्दै नेपाली समाजको सामाजिक तथा पारिवारिक बनावटलाई र मूल्य मान्यतालाई कसैले भत्काउने हिसाबले यस्ता विषय अगाडि सारेमा स्वीकार गर्न सक्ने बताए । उनले अब यो विषय सदनमा बहसको रुपमा लैजाने जिकिर गरे ।
त्यस्तै नेकपा एमालेका सांसद ईश्वरी घर्तीले सबैको अधिकार सुरक्षित हुनुपर्नेमा जोड दिँदै प्राकृतिक रुपमा जन्मेका तेर्सोलिङ्गीलाई समाजले हेला गर्न नहुने बताइन्। उनले समाजलाई विखण्डन गर्ने समाजमा विग्रह ल्याउने र सामाजिक मूल्य मान्यतालाई खलल पुर्याउने कुनै पनि वैदेशिक हस्तक्षेप स्वीकार गर्न नसक्ने बताउँदै नेपाली जनताले समलिङ्गी विवाहका बारे स्पष्ट हुनुपर्ने कुरामा जोड दिइन्।

कार्यक्रममा जनता समाजवादी पार्टीकी सांसदल रन्जु कुमारी झाले कानुन नभएको अवस्थामा समलिङ्गी विवाह जबरजस्त लाग्ने कुरा स्वीकार गर्न नसकिने कुरामा जोड दिइन् । संसद्को कानुन न्याय तथा मानवअधिकार समितिमा आफू सदस्यको रूपमा रहेको बताउँदै उनले यस्ता विषयहरू संसद्मा जोडतोडका साथ उठाएर नेपाली समाजलाई नेपाली समाजको रुपमा रहिरहन नदिनेका विरुद्ध संसददेखि सडकसम्म आवाज उठ्नुपर्नेमा जोड दिइन्।

त्यस्तै राष्ट्रिय सभाका सांसद विष्णु बिक विकल्पले आफूले यो विषय का बारेमा पहिलोपटक थाहा पाएको बताउँदै मानव सभ्यताको विकासक्रमलाई रोक्ने सम्मलिङ्गी विवाहलाई कुनै पनि हालतमा अगाडि बढाउन नदिन सबैले आआफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड दिए।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कणार्ली प्रदेश सभाका सांसद दुर्गाबहादुर रावतले कार्यक्रममा समलिङ्गी विवहा जस्तो गहन विषयलाई अगाडि बढाउन कसैले पनि धष्टता नगर्न चेतावनी दिँदै यस्ता सामाजिक तथा पारिवारिक मूल्य मान्यता विरुद्धका विषयलाई संघीय संसददेखि प्रदेशसभामा जोडतलका साथ उठाउनुपर्नेमा जोड दिए । उनले यस्ता विषयमा अदालतका एकजना न्यायाधीशले दिएका आदेशका भरमा समलिङ्गी विवाह गर्ने र त्यसैका आधारमा कानुनी मान्यता पाइसकेको भनेर मिडियाले भ्रम सिर्जना गर्ने कुरा ठिक नभएको भन्दै कुनै पनि हालतमा समलिङ्गी विवाह सम्बन्धी कानुन बन्न नहुनेमा जोड दिए ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी पूर्व अध्यक्ष तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य शेख चाँ ताराले समलिङ्गी विवाह कुनै पनि हालतमा नेपाली समाजले स्वीकार गर्न नसक्ने बताउँदै आफूले गहिरो रुपमा अध्ययन गरेको बताइन्। नेपाली समाजलाई मानव विकास विरोधी मुद्दा बोक्न लगाएर पश्चिमाहरूले ठिक नगरेको भन्दै कसैले देश बिगार्ने र देशको हितमा कुचेष्टा नगर्न चेतावनी दिइन् ।
नागरिक सरोकार नेपालका अध्यक्ष तथा समाजसेवी डाक्टर सुन्दरबहादुर थापाले भने, समलिङ्गी विवाह ले नेपाली समाजलाई मानव समाजका रूपमा नराख्न ठूलो षड्यन्त्र भइरहेको भन्दै आजभोलि मानिसहरू टेबलसँग विवाह गर्छु कुखुरासँग विवाह गर्छु भनेको सुन्दा आफूलाई आश्रय लाग्ने गरेको बताए । यस्तै अवस्था निरन्तर अगाडि बढिरह्यो भने भोलि जो कोहीको घरमा बाउछोराबीच र आमाछोरी बीच विवाह नहोला भन्न सकिन्न भन्दै डाक्टर थापाले यस्ता गम्भीर विषयमा हामी सबै नेपालीहरु समयमै सचेत हुनुपर्नेमा जोड दिए ।

नागरिक सरोकार नेपालका कार्यकारी निर्देशक डा जोमेश वडले बाेल्दै भने, यस्तो गम्भीर र संवेदनशील विषयमा नेपाली समाज अब कुनै पनि हालतमा भ्रमर पर्नु हुँदैन र कसैले पनि भ्रममै राखेर आफ्नो स्वार्थपूर्ति गर्ने हिसाबमा लाग्नु हुँदैन भन्दै, नागरिक सरोकार नेपालले देशव्यापी रुपमा यसका विरुद्ध निरन्तर आवाज उठाउँदै आएको र समाजलाई सचेत गर्दै आइरहेको बताए ।

कार्यक्रममा अधिवक्ता प्रकाश नेपालीले समलिङ्गी विवाहका बारेमा अन्तर्राष्ट्रिय कानुनी मान्यता नेपालमा कानुनको अवस्था मानवअधिकार सम्बन्धित विषय का बारेमा समेत प्रस्ट्याएका थिए। अधिवक्ता नेपालीले २०८० साल असार १२ गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले यस विषयमा अन्तरिम आदेश दिएको बताउँदै त्यसैका आधारमा पञ्जीकरण विभागले लमजुङको दोर्जी गाउँपालिकालाई समलिङ्गी विवाह गर्न भनेर पत्रचार गरेको सोही अनुसार अहिले नेपालमा समलिङ्गी विवाह भइरहेको बताए । उनले रवि लामिछाने गृहमन्त्री भएको बेला मन्त्रीस्तरीय निर्णय गरेर देशभरका पञ्जीकरण विभागका कार्यालयहरू छन् ती सबै ठाउँमा समलिङ्गी विवाह गर्न भनेर पत्रचार भएको समेत बताए । समलिङ्गी विवाह अस्थायी रुपमा दर्ता गर्नु भनेर अन्तरिम आदेशका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाे बताउँदै उक्त रिटमा आफूले बहस गरिरहेको बताए ।

जनसरकार राष्ट्रिय अभियानका संयोजक तथा नेकपा एमालेका नेता प्रकाश रोकायाले आयोजकका तर्फबाट सम्पूर्ण सांसदहरू तथा सहभागीहरूलाई स्वागत गर्नुका साथै धन्यवाद समेत व्यक्त गरेका थिए। नेपालमा शक्ति पृथिकीकरणकाे सिद्धान्त विपरीत निरन्तर गतिविधि भइरहेको प्रति चिन्ता व्यक्त गर्दै रोकायाले सरकारले अदालतलाई दबाब दिने अदालतले सरकारलाई दबाब दिने र संसद निकममा भएर बस्नु पर्ने अवस्था रहेको बताए ।
उनले देशको अवस्था निकै जटिल र कठिन रहेको भन्दै अब कुनै पनि हालतमा देशलाई बचाउन सम्पूर्ण नेपाली हरु एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। जनताहरू देशको अवस्था देखेर निकै आक्रोशित भएको भन्दै, नेपालमा जिउँदा मान्छे छन् त भनेर जहाँ तही प्रश्न उठ्ने गरेको बताए । देश रह्यो भने राजनीति गरौला कम्युनिस्ट कांग्रेस हौला भन्दै देशलाई बचाउन सांसदहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्ने दिन आइसकेको बताए ।