कांग्रेसका मन्त्रीलाइ हप्तामा दुई दिन केन्द्रीय कार्यालय पुग्नु पर्ने

माघ, ३ काठमाडाैं । नेपाली कांग्रेसले संघीय सरकारमा सहभागी रहेका १० जना मन्त्री र दुई जना राज्यमन्त्रीलाई सातामा दुई दिन केन्द्रीय कार्यालय सानेपा पुग्नु पर्ने भएकाे छ।
पार्टी कार्यकर्ताहरूले मन्त्रीहरूले गुनासा नसुनेको भनेपछि कांग्रेसले मन्त्रीहरूलाई सातामा पाँच दिन मन्त्रालयमा बस्न र दुई दिन केन्द्रीय कार्यालय सानेपामा पुग्न आग्रह गरेको हो ।
सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार बसेको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा बोल्दै सभापति देउवाले मन्त्रीहरूलाई दुई दिन केन्द्रीय कार्यालयमा पुग्न भनेका छन्।
उनकाअनुसार मन्त्रीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेर सातामा दुई दिन खुला भेटघाट गर्नेछन्। वडा, पालिका, जिल्ला, प्रदेशबाट पार्टीका निकायबाट आउने गुनासा तथा मागलाई केन्द्रित गरी महिनामा एक पटक केन्द्रीय कार्यालय सानेपामा छलफल गरिनेसमेत उनले जानकारी दिए ।