माइक्रोबस दुर्घटना हुँदा सिन्धुलीमा १ जनाको मृत्यु
माघ, ४ काठमाण्डौ । सिन्धुलीमा माइक्रोबस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । काठमाण्डौबाट जनकपुरतर्फ गुडिरहेको बा ३ ख ८४४५ नम्बरको माइक्रोबस विहीबार बेलुका सुनकोशी गाउँपालिका ६ कानढुंग्रे भन्ने ठाउँमा टायर पन्चर भएर अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते हुनेहरूको धुलिखेल अस्पतालसहित काठमाण्डौका र सिन्धुलीका अस्पतालमा उपचार भइरहेको सिन्धुली प्रहरीले बताएको छ ।