Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

पहिलो चरणअन्तर्गत इजरायलले ७ सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने

इजरायलको न्याय मन्त्रालयले गाजा युद्धविराम र बन्धक मुक्त गर्ने स्विकृत सम्झौताको पहिलो चरणअन्तर्गत सात सय ३७ जना कैदी बन्दीलाई रिहा गर्ने जनाएको छ । इजरायलले आफ्नो वेबसाइटमा जारी गरेको विज्ञप्तिअनुसार सरकारले अहिले कारागार सेवाको हिरासतमा रहेका सात सय ३७ कैदी तथा बन्दीलाई रिहा गर्न स्वीकृति दिएको छ ।

मन्त्रालयले पुरुष, महिला र बालबालिकालाई स्थानीय समयअनुसार भोलि बिहानको दुई बजे रिहा गर्ने जनाएको छ । यसअघि मन्त्रालयले गाजामा रहेका इजरायली बन्दीको बदलामा रिहा हुने ९५ जना प्यालेस्टिनी कैदीको सूची प्रकाशित गरेको थियो ।

इजरायलको न्याय मन्त्रालयका प्रवक्ता नोगा काट्जले पहिलो पटक रिहा हुने कैदीको अन्तिम सङ्ख्या हमास लडाकु समूहद्वारा रिहा गरिएका जीवित बन्धकको सङ्ख्यामा निर्भर हुने बताउनुभएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई गएराति अनुमोदन गरेको हो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com