Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

हमासले तीन जना इजरायली बन्दी रिहा गरेसँगै ९० जना प्यालेस्टिनी बन्दीहरू पनि रिहा

इजरायल र हमासबीच युद्धविराम सम्झौताको पहिलो चरणमा हिजो ९० जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको इजरायलले जनाएको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले युद्धविराम सम्झौताअनुसार शुरूमा तीन जना इजरायली बन्धकहरूलाई रिहा गरेपछि इजरायलले प्यालेस्टिनी बन्दीहरूलाई पनि रिहा गरेको बीबीसीले जनाएको छ । इजरायलले तीनै जना इजरायली अब इजरायली भूमिमा फर्किएको बताएको छ ।

हमासले ३१ वर्षीया भेटेरिनरी नर्स डोरोन स्टेनब्रेचर, २४ वर्षीया रोमी गोनेन र २८ वर्षीया एमिली डमारीलाई रिहाइ गरेको हो । हमासले पहिलो चरणमा रिहा गर्ने तीन जना इजरायली महिला बन्धकको नाम सार्वजनिक गरेपछि मात्र गाजामा ढिलोगरि युद्धविराम शुरू भएको थियो ।

युद्धविराम शुरू हुन ढिलाइ हुँदा इजरायली आक्रमणमा कम्तीमा १९ जनाको ज्यान गएको छ । आक्रमणमा परेर ३६ जना घाइते भएका हमासद्वारा सञ्चालित गाजा सिभिल डिफेन्स एजेन्सीले जनाएको छ ।

युद्धविरामको पहिलो चरणमा ६ हप्ताभित्र हमासले महिला, बालबालिका, वृद्धवृद्धा र घाइतेसहित ३३ जनालाई क्रमशः रिहा गर्ने र त्यसको सट्टामा इजरायलले प्यालेस्टिनी बन्दी मुक्त गर्ने सहमति भएको छ ।

मध्यस्थकर्ता इजिप्टका अनुसार युद्धविरामको पहिलो चरणमा ३३ जना इजरायली बन्धकको बदलामा एक हजार आठ सय ९० जना प्यालेस्टाइनी बन्दी रिहा गर्ने तयारी छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com