Yeti Khabar

२०८१ फाल्गुन २९, बिहीबार - Thu Mar, 2025 -

दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युनको हिरासतको समय लम्बियो

दक्षिण कोरियामा महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओलको हिरासतको अवधि थप भएको छ ।उनी रिहा भएमा प्रमाण लुकाउन वा नष्ट गर्नसक्ने भएकाले अनुसन्धानकर्ताहरूले राष्ट्रपति युनलाई थप २० दिनका लागि हिरासतमा राख्न सक्न माग गरेका थिए । न्यायाधीशले युनको हिरासतको अवधि थप गर्न आदेश दिएका हुन् ।

युन सुक येओल गएको बुधवार पक्राउ परेका थिए । अनुसन्धानकर्ताहरूले देशद्रोहको आरोपमा अनुसन्धान गर्न उनलाई पक्राउ गरेका हुन् ।

गएकाे वर्षको डिसेम्बरमा युन सुक येओलले देशमा सैनिक शासन ल्याउने ‘मार्सल ल’ लागू गर्ने घोषणा गरेका थिए र विवादपछि उनले फिर्ता लिएका थिए । त्यसपछि उनीविरुद्ध महाभियोग प्रस्ताव ल्याइयो र संसदमा पारित भयो ।

संवैधानिक अदालतले युन सुक येओललाई महाभियोगमार्फत पदबाट हटाउनुको वैधानिकताको बारेमा भने निर्णय गरेको छैन । त्यसैले उनी प्राविधिक रूपमा अझै पनि दक्षिण कोरियाको राष्ट्रपति छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com