यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
माघ,९ काठमाण्डौ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५ वर्षीय प्रबिन बराल रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता नवराज अधिकारीले बताउनुभयो ।
इनड्राइभका चालक बरालले यौन दुर्व्यवहार गरेको भन्ने पीडितको उजुरीका आधारमा उनलाई काठमाण्डौबाट पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।