Yeti Khabar

२०८१ माघ ९, बुधबार - Wed Jan, 2025 -

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्छ : उपप्रधानमन्त्री

माघ, ९ काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्ने बताएका छन्। नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार भेटमा समृद्ध राष्ट्र निर्माणको राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि, ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्नुपर्ने बताए।

सरकार गठन गर्दा भएको ७ बुँदे सम्झौता पालना भएको बताउँदै मन्त्री सिंहले अधिकार सम्पन्न बनाउन संविधान संशोधन गरिने उल्लेख गरेका छन्। उनले भने, सरकारले नयाँ सहरी नीति २०८१ पास गरेर अघि बढेका छौँ, नयाँ सहरी आयोजनालाई व्यवस्थित गर्नेछौँ, हामी जनचाहनाअनुसार काम गरिरहेका छौँ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com