Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

खोटाङको तुवाचुङमा उद्यम गर्न चाहनेले विना ब्याज ऋण पाउने

माघ, १० काठमाडौं । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयवासीले विना ब्याजमा ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरपालिकाले पाँच लाख रुपैयाँसम्मको विना ब्याजमा ऋण दिने व्यवस्था मिलाएको हो ।

नगरपालिकाका स्थानीय उद्यमीलाई विना ब्याजमा ऋण उपलब्ध गराउन नगरपालिकाले प्रभु बैंकसँग सम्झौता गरेको छ । नगरपालिकाको सिफारिशका आधारमा बैंकले मूल्याङ्न गरेर उद्यमी बन्न चाहने स्थानीयवासीलाई विना ब्याजमा ऋण दिने सम्झौतामा उल्लेख छ ।

नगरपालिकाभित्र खोलिएका लघुउद्योगको प्रवर्द्धन गर्दै उद्यम गर्न चाहने स्थानीय नागरिकलाई आफ्नै ठाउँमा कृषि, पशुपालन, होमस्टेलगायत व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्ने वातावरण बनाइदिनका लागि नगरपालिकाले ब्याज अनुदान कार्यक्रम ल्याएको मेयर विमला राईले जानकारि दिनुभयो । उद्यम गर्न चाहने स्थानीय नागरिकले विना ब्याजको ऋण लिनका लागि सम्बन्धित वडा कार्यालयमा निवेदन दिनुपर्ने नगरपालिकाले बनाएका कार्यविधिमा उल्लेख छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com