Yeti Khabar

२०८१ माघ २४, बिहीबार - Thu Feb, 2025 -

भारतमा  रेल दुर्घटना हुँदा १२ जनाको ज्यान गयो

भारतको महाराष्ट्रको जलगाउँमा रेल दुर्घटना हुँदा ११ जनाको ज्यान गएको छ । दुर्घटनामा १० जनाभन्दा धेरै घाइते भएका छन् ।उनीहरुको स्थानीय पाचोरा ग्रामीण अस्पतालमा उपचार भइरहेको छ । लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँको रेलवे ट्र्याकमा दुर्घटनामा परेको भुसावल रेलवे डिभिजनका जनसम्पर्क अधिकृतलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले बताएका छन् ।

गुडिरहेको रेलमा आगो लागेको आशङ्का गरेर यात्रीहरू ट्र्याकको अर्कोतिर हाम फालेका थिए । त्यही समयमा  अर्को रेलमा ठोक्किर पनि केही मानिसको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले यस घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण घटनाको निगरानी भइरहेको र तुरुन्तै सबै आवश्यक सहयोग उपलब्ध गराइरहेको बताउनुभएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com