Yeti Khabar

२०८१ माघ २३, बुधबार - Wed Feb, 2025 -

कञ्चनपुरका पालिकामा आजदेखि पाँच दिनसम्म विद्युत् आपूर्ति बन्द हुने

कञ्चनपुर – कञ्चनपुरका तीन वटा पालिकामा आजदेखि पाँच दिनसम्म विद्युत् आपूर्ति बन्द हुने भएको छ । लालपुर सबस्टेशनबाट कलुवापुर सबस्टेशनसम्म ३३ केभी ‘कण्डक्टर अपग्रेड’ कार्यका लागि आजदेखि यही १५ गतेसम्म विद्युत् आपूर्ति बन्द हुने भएको हो ।

गर्मीयाम र हुरीबतासको समयमा हुने विद्युत् अनियमित र न्यून भोल्टेज सुधार गर्नका लागि कण्डक्टर अपग्रेडको कार्य हुने महेन्द्रनगर वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताउनुभयो ।

अत्तरियाको नेपाल विद्युत् प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालयले ठेक्का प्रक्रियामार्फत जीर्ण अवस्थाका पोल र तार फेर्ने काम गर्ने उहाँले बताउनुभयो ।

केन्द्रका प्रमुख श्रीवास्तवका अनुसार, कलुवापुर ३३/११ केभी सबस्टेशनबाट विद्युत् आपूर्ति हुने शुक्लाफाँटाका सम्पूर्ण ठाउँ, कृष्णपुर नगरपालिकाको वडा नम्बर १, २, ३ का सुन्दरीफाँटा, दोमिल्ला, पहरिया, गोजे, कुमगडा, वाणी, बङ्कलगायत ठाउँ साथै बेलौरी वितरण केन्द्रका सम्पूर्ण ठाउँमा विद्युतको आपूर्ति बन्द हुनेछ ।

आज शुक्रवार र १४ गते सोमवार बिहान ९ देखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति कटौती हुने छ । त्यस्तै भोलि शनिवार, १३ गते आइतवार र १५ गते मङ्गलवार दिउँसो एक बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने सूचनामा उल्लेख छ । विना जानकारी विद्युत लाइन, पोल नजिक नजान आग्रहसमेत गरिएको छ ।   

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com